प्रियांका कर्ण बनिन आर्ट फर पिस काे विजेता प्रदेश १ बाट छ प्रतियाेगि छनाैट

प्रियांका कर्ण बनिन आर्ट फर पिस काे विजेता प्रदेश १ बाट छ प्रतियाेगि छनाैट
December 11, 2021 No Comments News admin

विराटनगर । प्रदेश नं १ स्तरीय चित्रकला प्रतियोगितामा ईन्स्टिच्युट अफ ईञ्जिनियरिङ पूर्वाञ्चल कलेजमा अध्ययनरत छात्रा प्रियांका कर्णले उत्कृष्ठ स्थान हासिल गरेकी छिन् । शनिवार च्यालेन्ज़ फर चेन्ज एवं टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज विराटनगरद्वारा सोही कलेज परिसरमा “आर्ट फर पिस” शिर्षकमा आयाेजान गरिएकाे एक दिवसीय प्रतियोगितामा कर्णले सिर्जना गरेको चित्रकला उत्कृष्ट भएको थियो । यसैगरी प्रतियोगितामा महेन्द्र मोरङ आदर्श मल्टिपल क्याम्पसका छात्र राजन सुवेदी फस्ट रनरअप घोषित भए । यसैगरी सेकेन्ड रनरअप सीटी कलेज विराटनगरका सतेन्द्र ठाकुर, थर्ड रनरअप विराट माल्टिपल कलेजकी छात्रा नवज्योती पौडेलले जित्न सफल भए । यस्तै श्री शिक्षा सदन सेकेन्डरी स्कुलमा अध्ययनरत सुनसरीका छात्र रितेश खतिवडा, आरोगन कलेजका दिपेश राई र सुवाष खड्का क्रमश चौथो, पाँचौ र छैठौं स्थान हासिल गर्न सफल भए ।

विजयी प्रतियोगिहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवं सास्थम कलेजका प्रिन्सिपल देवराज श्रेष्ठ तथा कार्यक्रमका सभापति एवं संयोजक रामहरि गिरीले संयुक्त रुपमा नगद पुरस्कार क्रमश १५ हजार, १० हजार, ५ हजार सहित प्रमाण पत्र प्रदान गर्नुभयो । नगद तथा पुरस्कारकाे प्रयोजन अमेरिकाकाे भिजन आर्ट मिडियाका प्रमुख माइकल लामले गरेका थिए । प्रतियोगितामा उत्कृष्ठ छ जना विद्यार्थी काठमाडौंमा हुने राष्ट्रिय प्रतियोगिताको लागि छनोट समेत भएकाे कार्यकम संयोजक रामहरि गिरीले जानकारी दिनुभयो ।

कार्यक्रममा कलाकार महेन्द्र राई, अधिवक्ता नवराज दाहाल, सिटी कलेज विराटनगरका प्रिन्सिपल तिर्थराज घिमिरे लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

About The Author

Leave a reply

Your email address will not be published. Required fields are marked *